
web pic
काठमाडौं । वीरगञ्ज र पर्सामा करेन्ट लागेर दुई जना मजदुरको मृत्यु भएको छ ।
पर्साको धोबिनी गाँउपालिका–३ हरिहरपुरका ३० वर्षीय सैफुल्लाह अन्सारी र वीरगञ्ज महानगरपालिका–९ रानीघाटका ६० वर्षीय ध्रुवप्रसाद साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । वीरगन्ज–२६ का स्थानीय रामकिशोरप्रसाद कुर्मीको घरको छत प्लाष्टर गर्ने क्रममा विद्युतको पोलको तारमा छुदा करेन्ट लागेर अन्सारीको मृत्यु भएको हो ।
उता वीरगन्ज–८ बसपार्कमा सत्रुधन सर्राफको घरको छानाे सफाई गर्दा करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्