
फाइल तस्बिर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि मंगलबार अस्पतालबाट डिस्चार्ज हुनुुभएको छ ।
कोरोना सङ्क्रमण भई त्रिवि शिक्षण अस्पतालमा उपचाररत उहाँको स्वास्थ्यमा सुधार आएपछि मंगलबार दिउँसो अस्पतालबाट डिस्चार्ज हुनुभएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिनुभयो ।
यही असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो आएपछि अस्पतालको एनेक्स वार्ड नं ६०१ मा भर्ना गरी उपचार गरिएको थियो । त्यस क्रममा पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो ।
उहाँको उपचारमा डा. नीरज बमको नेतृत्वमा चिकित्सकको टोली खटिएको थियो ।
प्रतिक्रिया दिनुहोस्