
काठमाडौं । शेयर बजारमा मंगलबार पनि दोहोरो अंकको गिरावट जारी रह्यो ।
उतार चढावबीच बजार परिसूचक नेप्से १६ अंकले झरेर १८ सय ५५ मा आएर थामियो । दशैंपछि खुलेको बजारमा आइतबार ४७ अंकको बृद्धि आएकोमा हिजोदेखि पुनः ओरालो लागेको हो ।
यस दिन कारोबार थप खुम्चिएर ५५ करोडमा सीमित रह्यो । हिजो नेप्से २७ अंकले घटेपनि कारोबार अर्ब हाराहारी पुगेको थियो । यस दिन व्यापार, होटल तथा पर्यटन र सामूहिक लगानी कोष नगन्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे ।
जीवन बीमा समूह सबैभन्दा उच्च १ सय २३ अंकले झर्दा बाँकी अधिकांश समूह दोहोरो अंकले घटेका हुन् । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २९ कम्पनीको १७ लाख ६७ हजार कित्ता शेयर जम्मा ५५ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्