१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निर्वाचनले मुलुकको अर्थतन्त्रमा खासै सुधार हुँदैन : पूर्वगभर्नर नेपाल


78
Shares

काठमाडौं । निर्वाचन समयमा हुने आर्थिक गतिविधिहरुले मुलुकको अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिन्छ ।

विगतमा नेपालमा पनि निर्वाचनताका हुने आर्थिक गतिविधिले अर्थतन्त्रलाई चलायमान बनाएको देखिन्छ ।

निर्वाचनका बेला राजनीतिक दलका उम्मेदवारहरुले निर्वाचन जित्नकालागि आत्याधिक खर्चिने गर्दछन् ।

निर्वाचनमा प्रयोग हुने खाद्य सामग्री र सवारी साधनमा खर्च गर्दा आर्थिक गतिविधि चलायमान बन्छ ।

निर्वाचनको समयमा आर्थिक गतिविधि बढी चलायमान हुँदा अर्थतन्त्र पनि सोही अनुसार चलायमान बन्ने आँकलन गरिन्छ । तर नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरिञ्जीवि नेपालले भने आगामी मंसिर ४ गतेको संघ र प्रदेशको निर्वाचनले मुलुकको अर्थतन्त्रमा खासै सुधार नहुने तर्क गर्नुभएको छ ।

बजारमा विद्यमान तरलता अभाव, विकास निर्माणको काम तथा नीतिगत निर्णयहरु रोकिने, पूरा हुने आयोजनाहरु पूरा नहुने र चुनावले अर्थतन्त्रलाई प्रेसर दिने भएकाले अर्थतन्त्रमा सुधार ल्याउने अवस्था नभएको उहाँको विश्लेषण छ ।

डा. नेपालले निर्वाचनमा बैंकहरुको निक्षेपमा राखिएको पैसासमेत बाहिर जाने भएकाले राष्ट्र बैंकलाई तरलता व्यवस्थापन गर्न थप समस्या हुने पनि बताउनुभयो । यस बेला राष्ट्र बैंकले सिडी रेसियोमा लचकता अपनाएर उत्पादन क्षेत्रमा धेरै पैसा जाने वातावरण बनाउनुपर्नेमा उहाँले बताउनुभयो ।