२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


फेवाताल सरसफाई अभियान सञ्चालनमा


39
Shares

काठमाडौं । कास्कीको पोखरास्थित फेवातालमा जलकुम्भी झार फैलिएपछि सरसफाई अभियान सञ्चालन गरिएको छ ।

पोखरा महानगरपालिकाको पहलमा विभिन्न संघ संस्थाले फेवाताल सरसफाई अभियान सञ्चालन गरेका हुन् ।

अभियानअन्तर्गत ड्यामसाइडदेखि चंखपुरसम्म सरसफाई गरिएको छ । सबै वडाले ३३ वटा स्थानमा सरसफाईको नेतृत्व लिएका छन् ।

वडा-वडाबाट सक्रिय आमा समूह, युवा क्लव, व्यवसायिक संघसस्था, दलका नेता, टोल संस्था, लायन्स क्लव लगायतका सामाजिक संघ संस्था सरसफाइमा सहभागी भएका थिए भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सरसफाईमा सहभागी जनाएका थिए ।

लगातारको वर्षासँगै तालको सबैजसो भागमा जलकुम्भी फैलिएर ताल कुरुप बन्ने गरेको छ । सोही जलकुम्भी हटाउन महानगरले सरसफाई अभियान चलाएको महानगरका प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँले जनसहभागीतामा काम गर्दा तालको संरक्षणमा थप मद्दत पुग्ने भएकाले सबै वडाबाट स्थानीयलाई सरसफाइमा सहभागी गराइएको बताउनुभयो ।

तालमा झार धेरै भएकाले सबै झार निकाल्न एक हप्ता समय लाग्ने बताइएको छ । सरसफाई अभियानमा सयौंको संख्यामा जनसहभागिता रहेको थियो ।