
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ खरिखोलाका पर्यटक पथप्रदर्शक फुछेतर शेर्पा गोरखाको लार्केपास क्षेत्रमा मृत भेटिएका छन् ।
ट्रेकिङ जाने क्रममा गोरखाको चुमनुब्री गाउँपालिक–१ लार्केपासमा पाँच दिनदेखि वेपत्ता ३८ वर्षीय शेर्पालाई मंगलबार बिहान फेला पारेको प्रहरीले जनाएको छ ।
शेर्पाको शव आज हेली एभरेष्टबाट उद्धार गरिएको हो । शव पोष्टमार्टका लागि काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको जनाइएको छ । एसियन हिमालयन ट्रेक्स प्रालिमार्फत असोज २० गते दुई जना फ्रान्सेली नागरिकसहित पदयात्रामा जानुभएका शेर्पा विदेशीलाई लार्केपास भ्रमण गराएर फर्कने क्रममा बेपत्ता भएका थिए ।
त्यस्तै, सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–२ काँगेलका २७ वर्षीय पथप्रदर्शक बालकुमार कार्की धौलागिरि हिमालको बेसक्यम्पमा लडेर बेपत्ता भएका छन् । फुल सिजनल माउन्टेन ट्रेक्सबाट पदयात्रामा निस्किएका कार्की गत बिहीबार बेसक्याम्पको खरपासमा खसेर बेपत्ता भएका हुन् । विदेशी पर्यटक लिएर धौलागिरि क्षेत्रको पदयात्रा निस्किएका कार्कीको अवस्था अहिलेसम्म अज्ञात रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्