२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


उद्योग-व्यवसायका लागि नेपालमा प्रचुर सम्भावना छ : उपाध्यक्ष ढकाल


52
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसाय गर्नको लागि विदेशमा भन्दा नेपालमा प्रचुर सम्भावना रहेको बताउनुभएको छ ।

मंगलबार गैर आवासीय नेपाली संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालका लगानीको वातावरण प्रशस्त रहेको भन्दै विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालमा भित्र्याउन गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नुभयो । वरिष्ठ उपाध्यक्ष ढकालले नेपालमा अन्य देशको भन्दा लगानीको प्रतिफल समेत राम्रो रहेको बताउनुभयो ।

उहाँले नेपालमा गैर आवासीय नेपालीहरुले लगानी गर्नको लागि पुराना र जटिल कानूनहरु परिवर्तन भएको र बाँकी कानूनहरु परिर्वतन गर्ने प्रक्रियामा रहेको बताउनुभयो । ढकालले निजी क्षेत्रको सहकार्यमा गैर आवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालमा लगानी गर्ने विषयमा सहकार्य गरेर अघि बढ्न निजी क्षेत्र तयार रहेको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष ढकालले गैर आवसीय नेपालीहरुलाई लक्षित गरी विदेशमा रहेका नेपालीहरुलाई नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा शुरु भएको पनि बताउनुभयो ।