१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लक्ष्मण थारुको उम्मेदवारी रद्द


832
Shares

धनगढी । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाको उम्मेदवार रहेका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ ।

मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले थारुको उम्मेदवारी रद्द भएको जानकारी दिएको छ । थारुको उम्मेदवारीविरुद्ध सोमबार उजुरी परेको थियो ।

थारु कर्तव्य ज्यान मुद्दामा दोषी ठहर्‍याई सजाय गरी फरार रहेको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का रामबहादुर सिंहले उनीविरुद्ध उजुरी दिएका थिए ।

सोही उजुरीको आधारमा थारुको मनोनयन दर्ता खारेज भएको हो ।