१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इच्छाराज तामाङविरुद्धको मुद्दामा बुधबार पनि थुनछेक बहस जारी हने


156
Shares

काठमाडौं । विशेष अदालतमा सम्पत्ति शुद्धीकरण विभागले दर्ता गरेको व्यवसायी इच्छाराज तामाङविरुद्धको मुद्दामा बुधबार पनि थुनछेक बहस जारी रहने भएको छ ।

न्यायाधीश रमेशकुमार पोखरेल र खुसीप्रसाद थारुको इजलासमा भएको थुनछेक बहस मंगलबार नसकिएपछि ईजलासले तामाङलाई बुधबार पनि अदालतमा उपस्थित हुन आदेश गरेको हो ।

गत भदौ १६ गते सम्पत्ति शुद्धीकरण विभागले तामाङविरुद्ध ३ अर्ब ३१ करोड ८५ लाख बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विभागले काठमाडौं जिल्ला अदालतले पुपक्र्षको लागि थुनामा राख्न आदेश दिएको तामाङ र उनकी श्रीमती सृजना शाक्यसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

विभागले तामाङकी श्रीमती शाक्यसँगपनि एक अर्ब तीन करोड ५४ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।