१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


सिन्धुलीका अधिकांश सरकारी कार्यालय कर्मचारी बिहीन


91
Shares

सिन्धुली । सिन्धुलीमा दशैं बिदा सकिएपछि पनि सरकारी कार्यालयहरुबाट सेवाग्राहीलाई सेवा प्रवाह गर्ने समयमा एक दर्जन भन्दा बढी सरकारी कार्यालयहरुमा कर्मचारी नै छैनन् ।

कार्यालय प्रमुखदेखि अन्य कर्मचारी कार्यालयमा हाजिर नभइ घरमै बसेर समय बितार्ई रहेका हुन् । साेही अवधिमा जिल्ला प्रशासन कार्यालयले सिन्धुलीले जिल्लाका सरकारी कार्यालयको आकस्मिक निरीक्षण गर्दा यस्ताे तथ्य फेला परेको जनाएको छ । दशैंको बिदापछि खुलेका सिन्धुली सदरमुकामका सरकारी कार्यालयमा कर्मचारी तोकिएको पोशाकमा समयमै आइपुगे-नपुगेको एकिन गरी सेवा प्रवाहमा भएकाे समस्याका बारेमा जानकारी लिन जिल्ला प्रशासनले निरीक्षण गरेकाे थियाे ।

जिल्लाका एक दर्जन भन्दा बढी सरकारी कार्यालयमा कार्यलय प्रमुख नै नभएको र अन्य धेरै कार्यालयहरुका विभिन्न फाँटहरुमा काम काज गर्ने कर्मचारीहरु अनुपस्थित भएकाे जिल्ला प्रशासनले कार्यालयले जनाएकाे छ । निरीक्षणका क्रममा दशैं बिदा सकिएपनि कर्मचारी कार्यालयमा नआएको जिल्ला सदरमुकामका विभिन्न १३ सरकारी कार्यालयमा कार्यालय प्रमुखसहित ४७ कर्मचारी अनुपस्थित रहेका छन् ।

प्रशासनको निरीक्षणका क्रममा कतिपय कमचारीहरु ढिला आइपुगेको र १३ कर्मचारीले तोकिएको पोशाक नलगाएको पाईएको छ । सरकारी नियम विपरीत चलिरहेका कार्यालय प्रमुख तथा कर्मचारीलाई छलफल गरेर कानून अनुसारको कारबाही गर्ने समेत जिल्ला प्रशासनले कार्यालय सिन्धुलीले जनाएकाे छ ।