२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


गुल्मीको रेसुङ्गा विमानस्थलकाे निर्माण भएकाे १६ वर्ष पूरा, अझै सञ्चालनमा आउन सकेन


39
Shares

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थल निर्माण भएको १६ वर्ष बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन् ।

हरेक वर्षको दशैंमा उडान थाल्ने भन्दै करोडाैं लगानी गर्ने गरिएको भएपनि विमानस्थलबाट उडान हुन नसकेको हाे । संरचना तयार हुँदा पनि नियमित उडान सुरु नभएको स्थानीय बासीन्दाको गुनासो रहेकाे छ । राजनीतिक मुद्दा र श्रेयको होडबाजीले विमानस्थल अलपत्र परेको हो ।

२०६३ सालमा तत्कालीन पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीले रेसुङ्गा विमानस्थलको शिलान्यास गरेपनि अहिलेसम्म उद्घाटनु हुन सकेको छैन् । ३५ करोड रुपैयाँको लागतमा निर्माण गरिएको विमास्थलबाट एकपटक परीक्षण उडान मात्रै गरिएको छ ।