७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


तेह्रथुमका कृषक अझै परम्परागत भट्टीकै भरमा


338
Shares

तेह्रथुम । तेह्रथुमका अलैंची कृषकहरु परम्परागत भट्टीकै भर पर्दै आएका छन् ।

अलैंची खेतीको विस्तार भईरहँदा समेत यहाँका कृषकहरु अझै परम्परागत भट्टीकै भरपर्नु परेको हाे । कृषकहरुले आधुनिक भट्टीको प्रयोग नगर्दा गुणस्तरीय अलैैंची उत्पादन गर्न सकेका छैेनन् । अलैंची खेती यहाँका कृषकहरुको मुख्य आम्दानीको श्रोत भएपनि प्रविधिसँग जोडिन नसक्दा बजार मूल्य भन्दा कम मूल्यमा बिक्री वितरण गर्न बाध्य भएका छन् ।

अलैंची खेती विगत लामो समयदेखि गर्दै आएपनि आधुनिक भट्टीको विषयमा ज्ञान नहुँदा गुणस्तर अलैंची उत्पादन गर्न नसकेको कृषक रामकुमार लिम्बुको भनाइ छ । उहाँले अलैंचीले राम्रो मूल्यमा पाउँदा खेतीयोग्य जमिन मासेर खेतीकाे लागि विस्तार गर्दै आएकाे बताउनुभयाे । निरन्तर रुपमा अलैंचीको मूल्यमा गिरावट हुँदा यहाँका कृषकले सोचे जस्तो आम्दानी लिन भने सकेका छैनन् ।

यहाँका कृषकले ५ रोपनीदेखि ५० रोपनीसम्म अलैंची खेती गर्दै आएका छन् । तेह्रथुममा ७ सय २३ हेक्टर जमिनमा अलैंचीको खेती गरिएकाे छ ।