
एजेन्सी । भारतको गोवा नजिकै नौसेनाको एक लडाकु विमान दुर्घटनाग्रस्त भएको छ ।
विमान मिग २९ नियमित उडानका बेला दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनापछि पाइलट विमानबाट सुरक्षित बाहिर निस्कन सफल भएका छन् ।
नौसेनाले समुद्रमाथि दुर्घटनाग्रस्त विमानको पाइलटलाई सुरक्षित रुपमा बचाउन सकिएको छ । यो विमान उडान पछि आफ्नो आधारमा फर्किरहेको थियो ।
प्रारम्भिक जानकारी अनुसार दुर्घटनाको कारण प्राविधिक गडबडी रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्