
काठमाडौं । सरकारले दशैँमा चल्ने सवारी साधनको यान्त्रिक जाँच गर्ने निर्णय गरेपनि त्यसअनुसार काम नहुँदा सडक दुर्घटनाका कारण दर्जनौ नागरिकले अनाहकमा ज्यान गुमाउनुपर्यो । चाड मनाउन घर जाने यात्रुलाई सहयोग गर्न दर्जनौं ठाउँमा सहायता कक्ष खोले पनि यात्रु ठगिने क्रम रोकिएन । सरकारी आश्वासन फगतः जनता ठग्ने खेलो प्रमाणित भएको छ ।
अघिल्ला दशैँमा नागरिकको सहज यात्राका लागि सेना, प्रहरीले आफ्ना बस नागरिकको यात्रा सहज बनाउन काठमाडौं उपत्यकामा चलाउने गर्थे तर यो वर्ष त्यो क्रमले निरन्तरता पाएन । काठमाडौं उपत्यकाको सुरक्षालाई ध्यानमा राखेर ३३ सय सुरक्षाकर्मीलाई परिचालन गरी यहाँको सुरक्षा व्यवस्था मजबुत बनाउने घोषणा गर्यो । तर प्रहरी सुरक्षा योजना कर्मकाण्डी प्रमाणित भए । सुरक्षा योजनाकै कारण काठमाडौं उपत्यकामा आपराधिक घटना नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनाली बताउनुहुन्छ ।
चाडपर्वको मौका पारेर काठमाडौंमा चोरीका घट्ना व्यापक हुने गर्छ । तर प्रहरी छिटफुटबाहेक चोरी नभएको दावी गर्छ । दशैँमा छिटफुट मात्र यस्ता घटना भएको र घरबाट काठमाडौं फर्कनेहरुको क्रम जारी रहेकाले चोरी सम्बन्धी थप उजुरी बढ्ने प्रहरी विश्लेषण छ ।
त्यसो त लगातारको झरीले यसपटकको दशैँमा बाहिर जानेहरु थुप्रै दुख झेल्न बाध्य भए । बाढीपहिरोले राष्ट्रिय राजमार्ग अवरुद्ध भए ।
प्रतिक्रिया दिनुहोस्