
बाँके । जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाँउपालिका–२ झुरीखोलामा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
दुर्घटनामा जिपमा सवार ३ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का ५५ वर्षीय कृष्णप्रसाद खतिवडाको मृत्यु भएको हो ।
काठमाडौं आउँदै गरेको टाटा सुमो जिप अनियन्त्रित भएर पल्टिँदा चालकसहित ४ जना घाइते भएका थिए । घाइतेहरूलाई उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएकोमा उपचारको क्रममा चालकको मृत्यु भएको हो ।
घाइतमध्ये वीरेन्द्रनगर नगरपालिका– ७ का २२ वर्षीय शिशिर ज्ञवालीको अवस्था गम्भीर रहेको र अन्य दुई जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्