१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङ्जामा गाई मारेर फरार रहेका दुई पक्राउ


195
Shares

स्याङ्जा । स्याङ्जामा गाई मारेको अभियोग लागेर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका–१३ बस्ने ३४ वर्ष राम बहादुर सार्की र गल्याङ नगरपालिका–८ बस्ने २७ वर्षीय डोलुराम सार्की रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

२०७८ कात्तिक ८ गते गाई मारेको मुद्दामा राम बहादुरलाई एक वर्ष चार महिना तेईस दिन र डोलुरामलाई एक वर्ष पाँच महिना पन्ध दिन कैद तोकिएकोमा उनीहरू फरार रहेका थिए ।

पक्राउ परेका दुवैलाई फैसला कार्यान्वयनका लागि बुधबार जिल्ला अदालतमा उपस्थित गराईएको प्रहरीले जनाएको छ ।