
काठमाडौं । नेकपा एमालेबाट प्रतिनिधिसा चुनावमा टिकट पाउन नसकेका नेता भीम रावलले पार्टी नछोड्ने घोषणा गर्नुभएकाे छ ।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर उहाँले यस्ताे घाेषणा गरेका हुन् । उहाँले भन्नुभयाे, ‘पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्छु, असंवैधानिक कदमविरुद्ध लगातार आवाज उठाउछु’।’
उहाँले पार्टी भित्र र पार्टी बाहिर ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैं विरोध गरिरहेको बताउनुभयाे । पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप रावलले लगाउनुभयाे ।
उहाँले आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्न बताउनु भयाे ।
प्रतिक्रिया दिनुहोस्