
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नेकपा एमालेले समर्थन गरेका सबै उम्मेदवारका लागि मत माग्न नसक्ने बताउनुभएकाे छ ।
बिहीबार पत्रकार सम्मेलन गरी उहाँले यस्ताे बताउनु भएकाे हाे । उहाँले एमाले नेतृत्वले विगतमा एमालेकै विरोधी रहेकाहरुलाई समेत टिकट दिएको भन्दै उनीहरुका लागि मत माग्न नसक्ने बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘एमालेले विगतमा एमालेको उछित्तो काढ्ने, विदेशीको चाटुकार, चाकडी र चाप्लुसी गर्नेहरुलाई पनि समर्थन गरेको भन्दै उनीहरुका लागि मत माग्न सकिन्नँ।’
उहाँले पार्टी भित्र र पार्टी बाहिर ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैं विरोध गरिरहेको बताउनुभयाे । पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप रावलले लगाउनुभयाे ।
उहाँले आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्न बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्