
तस्बिर फाइल
काठमाडौं । १०३ वर्षीय शताब्दी पुरुष सत्यमोहन जोशीको शरीरमा अक्सिजनको मात्रा कम भएपछि पुनः आइसीयूमा सारिएको छ ।
अक्सिजन सिच्युरेशन लेभलको कमी भएकाले उहाँलाई आइसीयूमा सारिएको किस्ट अस्पतालका निर्देशक प्राध्यापक डा. सुरज बज्राचार्यले जानकारी दिनुभयो ।
स्वास्थ्यमा समस्या आएपछि जोशीको किष्ट अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई निमोनिया संक्रमणका साथै मुटुको चाल सम्बन्धी समस्याका लागि दिइएको एन्टिबायोटिक्स दिइरहनु पर्ने देखिएको अस्पतालले जनाएको छ ।
जोशीलाई यही असोज ७ गते अस्पताल भर्ना गरिएको थियो । उहाँले दोहोरो सम्बाद गर्न थालेपछि हिजो क्याबिनमा ल्याइएको थियो ।
प्रतिक्रिया दिनुहोस्