
काठमाडौं । पाल्पाका टिकाराम अर्याल, २६ वर्षको उमेरदेखि प्रत्येक वर्ष डाइर्भसीटी भिसा अर्थात डीभी भदै आउनुभएको छ । उहाँ अहिले ४६ वर्ष पुगीसक्नु भएको छ । विगत २० वर्षदेखि अमेरिका गई सुविधासम्पन्न जीवनयापनको सपना आफूले पुरा गर्न नपाएपनि आफ्ना सन्तानका लागि फेरि त्यही सपना बोकी पाल्पादेखि डिभी भर्नकै लागि काठमाडौं आएको बताउनुहुन्छ । छोरीलाई पर्छ कि भनेर डीभी भर्न आएको अर्याल बताउनुहुन्छ ।
हरेक वर्ष हजारौको संख्यामा नेपाली डीभी चिठ्ठामार्फत अमेरिकाका स्थायी बासिन्दा बनिरहेका छन् । यस वर्ष पनि डीभी भरेर ग्रीनकार्ड पाउने आशमा रहेकाको भीड थामिनसक्नु छ । अमेरिकाले प्रत्येक वर्ष ५० हजारलाई डीभीमार्फत स्थायी बासिन्दाको प्रमाणपत्र प्रदान गदै आएको छ भने संसारभरबाट करिब २ करोड बढीले यो फर्म भर्ने गरेका छन् ।
डीभी भर्न आएकाहरुमा अमेरिका पुग्न पाए भविष्य बन्ने बुझाई अधिकांशको रहेको छ । भविश्य राम्रो हुनुका साथै जीवन सहजरुपमा बिताउन सकिने आसले डीभी भर्न आएको रामेछापका ध्रुब केसी बताउनुहुन्छ ।
अहिले डीभी भर्नेलाई आकर्षित गर्न कन्सल्टेन्सीले पनि थरिथरिका आकर्षक उपाय अपनाएका छन् । डीभीमा सबै उमेर समूहको रुचि देखिएपनि विशेष गरी २० देखि २५ वर्षका युवा समूह डीभीको आकर्षण बढी देखिन्छ । सीधै ग्रीनकार्ड पाइने भएकाले पनि यस्को आकर्षण बढेको कल्सन्टेन्ट रवि कर्माचार्य बताउनुहुन्छ ।
खाडी मुलकमा काम गर्नुभन्दा डीभी भर्दा अमेरिकामा सेवा सुविधिसहित राम्रो जीवन यापन गर्न पाउने सपना बोकेर डीभी भर्न आएको मधुकुमार दवाडी बताउनुहुन्छ ।
डीभी भर्न निःशुल्क अनलाईनको व्यवस्था भएपनि झन्झटिलो मानी अधिंकासले कन्सल्टेन्सीमै पुग्छन् । न्युरोडस्थित इ-स्पटका सञ्चालकले दैनिक ५ हजारसम्मले डीभी भर्ने गरेको बताउनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्