
कपिलवस्तु । पश्चिम तराईमा महिलाहरूले पतिको दीर्घायु (लामो) उमेरका लागि दिनभरि व्रत बसी करवा चौथकाे पूजा गरी मनाउँदै छन् ।
नेपालकाे पश्चिम तराईका अधिकांश जिल्लामा विवाहित महिलाले आफ्नो पतिको दीर्घायुका लागि व्रत बसी करवा चौथ पर्व मनाउने गरेका हुन् ।
कार्तिक कृष्ण चतुर्थीका दिन निर्जल व्रत बसी पति को सु-स्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै पत्नी दिनभरि नै व्रत बस्ने गर्दछन् ।
टोल टोलका महिलाहरू एकै ठाउँमा जम्मा भई करवा चौथसँग सम्बन्धित कहानी सुनाई धूमधामका साथ पूजापाठ गर्दछन् ।
रात्रिमा चन्द्रोदय भएपछि चन्द्रदेव र गणेश भगवानको पूजा अर्चना गरेपछि पतिको हातबाट मिठा परिकार ग्रहण गरी व्रत तोड्ने चलन रहेको छ ।
कतै पतिको अनुहार चलनीमा हेरेपछि पानी खाई व्रत तोड्ने गरेको पाइन्छ । खासगरि भारतको उत्तर प्रदेश र विहारसँग जोडिएका नेपाली क्षेत्रमा स्थानीय महिलाहरूले दिनभरि व्रत बसी साँझ पखमा नयाँ चामलको फारा, आसा ,तरकारी पुरी, खीर बनाउने चलन रहेको छ । महिलाहरूको व्रत सकेपछि उक्त परिकार खाने चलन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्