२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


तेह्रथुममा चुनावी माहोल बढ्यो


494
Shares

तेह्रथुम । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचारप्रसारलाई तेह्रथुमका राजनीतिक दलले तिव्रता दिएका छन् ।

दलहरु आ–आफ्नो चुनावी नारा लिएर जनतासमक्ष पुग्न थालेका छन् । सत्ता गठबन्धन दल र एमालेले आफ्नो चुनावी प्रचारप्रसारलाई तिव्रता दिएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै दलहरु आफ्ना समर्थक र कार्यकर्ता भेटघाटलाई तिब्रता दिएका हुन् ।

सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सिता गुरुङ उम्मेदवार छन् भने एमालेबाट विजय सुब्बा उम्मेदवार हुनुहुन्छ ।

यस्तै जिल्लाको प्रदेश निर्वाचन क्षेत्र क, मा नेपाली कांग्रेसका सन्तोष सुब्बा र प्रदेश निर्वाचन क्षेत्र ख, मा नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाई उम्मेदवार छन भने एमालेबाट प्रदेश क बाट किशोरचन्द्र दुलाल र क्षेत्र ख बाट तेजमान कन्दङ्वा उम्मेदवार हुनुहुन्छ ।

दुई नगरपालिका र ४ गाउँपालिका रहेको तेह्रथुममा गत निर्वाचनमा प्रतिनिधि सभा तथा प्रदेश सभा दुवै नेकपा एमालेले जितेको थियो ।