
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाहरुको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताउनुभएको छ ।
उहाँले मंसिर ४ गते हुने निर्वाचनमा आफूलाई भोट हालेर युवाहरुको समस्या समाधानमा सहयोग गर्न आग्रह गर्नुभएको हो ।
उहाँले अब योजना र भिजन भएका युवाहरु राजनीतिमा आउनुपर्ने बताउनुभयो । चौधरीले मुलुकको दिगो विकास अगाडि बढाउनको लागि पैसा, शक्ति केन्द्र प्रयोग गर्न कमी नहुँदासमेत युवाहरुको समस्या परिपूर्तिका लागि आफू राजनीतिमा लागेको बताउनुभयो । युवाले खोजेको रोजगारी र नेपाल बनाउनको लागि प्रत्यक्ष निर्वाचनमा उठेको बताउनुभयो ।
नेता चौधरीले आफू जनताको प्रतिनिधि भएको र विकासका लागि राजनीति गर्न आएको बताउनुभयो । चौधरीले आफूले शक्ति केन्द्रमा शक्तिको भरपुर प्रयोग गरेको बताउनु भयो । उहाँले आफूलाई धन सम्पतिको कुनै खाँचो नरहेको तर चौधरी जनताको प्रतिनिधि भएकाले विकासका लागि राजनीति गर्न आएको दोहार्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्