
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेसले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाउनुभएको छ ।
एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा उहाँले नेपाली काँग्रेसले वाग्लेलाई टिकट नदिएको भन्दै असन्तुष्टि जनाउनुभएको हो ।
उहाँले नेपाली कांग्रेसप्रति कटाक्ष गर्दै देशकै ठूलो भन्ने दाबी गर्ने नेपाली कांग्रेसले विद्वान व्यक्तित्वलाई निर्वाचन लड्नबाट वञ्चित गराएर देश विकास हुन नसक्ने बताउनुभयो । उहाँले विज्ञहरुलाई देश भन्दा बाहिर पठाएर मुलुक भित्र गरिब, निमुखा मात्रै बस्ने हो भने दिगो आर्थिक विकास गर्न समस्या हुने औंल्याउनुभयो ।
भट्टराईलेसमयको व्यवस्थापन गर्न नसकेसम्म देशको समृद्धि नहुने भन्दै आर्थिक विकास र मुलुकमा उत्पादन बढाएर दिगो विकास गर्नु आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्