२१ चैत्र २०८१, बिहिबार | Fri Apr 4 2025


किन हुँदैन अपराध प्रमाणित भएका नेताको हातमा हतकडी ?


1.001k
Shares

काठमाडौं । के पहुँचवाला र अरु सामान्य नागरिकका लागि फरक फरक कानून हुन्छ ? त्यसो भए एउटै प्रकृतिका घटनाका दोषीमाथि गरिने प्रहरी व्यवहार किन फरक फरक हुन्छ ? अहिले यो प्रश्न हरेकका मनमा उठेको छ । अपराध प्रमाणित भएका नेता सलामीका भागदार र अरु दोषीकै अवस्थामा हतकडीका पाहुना कसरी बनाइन्छ ।

प्रहरीका हाकिम रञ्जन कोइराला पत्नी हत्या गरेको अभियोग प्रमाणित भएपछि पनि उनको हातमा कहिल्यै हतकडी देखिएन । प्रहरी प्रशासनदेखि न्यायालयसम्म देखिएको उनको प्रभाव देख्दा लाग्थ्यो– उनी अपराधी नभएर भीआईपी हैसियतमै छन् । यतिसम्म कि उनले आफैंले रोजेको डिल्लीबजार जेल पाएका थिए । जहाँ अतिथि गृहसरहको सुविधा छ । रञ्जन त एउटा दृष्टान्त मात्र हुन ।

क्रिकेटका अन्तर्राष्ट्रिय खेलाडी सन्दीप लामिछानेलाई जहाजबाट झर्नासाथ हतकडी लगाइयो । नायक पल शाह अदालतको प्रत्येक बयानमा हतकडीसहित उपस्थित हुन्छन् । यस्तै, प्रकृतिको अपराधमा थुना परेका पूर्वसभामुख कृष्णबहादुर महराले कैदीबन्दीको अनुभूति गर्नै परेन । आरोपित कतै भग्न नसक्कोस भनेर सुरक्षा दृष्टिकोणले हतकडी लगाउनै पर्ने नियम छ तर अनुसन्धान अधिकृतलाई विश्वास छ भने सोच्ने कुरा बेग्लै हो तर हतकडी लगाउनै पर्ने ठाकुरप्रसाद ज्ञवाली, पूर्वप्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली बताउनुहुन्छ ।

इँट्टा भट्टामा जिउँदै मानिस हालेर मारेको अभियोगमा जेल जीवन विताइरहेका कांग्रेस नेता आफ्ताब आलममाथि जेलबाटै अझै पनि गिरोह सञ्चालन गरेको आरोप छ । प्रहरी हाकिम उनीसँग निरीह हुने गरेका छन् । गिरफ्तार गर्दा उनले मच्चाएको लीला बयान गरी साध्य छैन । यद्यपि उनको हातमा हतकडी देखिएन । भ्रष्टाचारको आरोपमा जेल जीवन भोगेका नेताहरु खुमबहादुर खड्का, जेपी गुप्ता, चिरञ्जीवी वाग्ले, प्रहरीका पूर्व आइजीपीहरु, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्नेत भान्से राखेर कैदी जीवन बिताए । टीकापुर हत्याकाण्डका दोषी ठहर रेशम चौधरीमाथि जेलमा विलासी जीवन भोगिरहेको आरोप लाग्ने गरेको छ । हतकडी सबैका लागि हो तर पक्राउ गर्न जाने अधिकृत र अनुसन्धान अधिकृतमा भर पर्ने पूर्वप्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली बताउनुहुन्छ ।

हतकडी लगाउने, नलगाउने प्रहरीको स्वविवेकीय अधिकारभित्र पर्दोरहे छ । कुनै अभियुक्त भाग्ने खतरा रहेको परिस्थितिको आंकलनमा हतकडीको प्रयोग हुने गर्दो रहेछ । यद्यपि राज्यप्रणालीमा उनीहरुको विगत, आगतको पहुँच मूल्यांकन गरी प्रहरी अधिकारी स्वयं हच्किने गरेको भुक्तभोगी प्रहरी अधिकारी बताउँछन् । सियो चोरेको अभियोग लागेका नागरिकमाथि हतकडी र भौतिक सजायमा उत्रिने प्रहरी राजनीति गरेकै नाममा फाली चोरलाई कैदीबन्दी हुँदा पनि भीआईपी व्यवहार किन गर्छ ?