
काठमाडौं । पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएका सामाग्रीको बिक्री सुरु भएको छ ।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा भक्तजनले अर्पण गरेका गहना, लत्ताकपडा लगायतका जिन्सी सामग्रीलाई बिक्री कक्षमार्फत बिक्री गर्न सुरु गरेको हो । कोषले पशुपति क्षेत्र परिसरबाट असोज २३ गतेदेखि बिक्री वितरण सुरू गर्न थालेको जनाएको छ ।
मन्दिरमा संकलन भएका विभिन्न ३१ प्रकारका सामाग्रीलाई तोकिएको मूल्यमा बिक्री गर्न थालिएको पशुपति क्षेत्र विकास कोष संस्कृति, संरक्षण महाशाखा प्रमुख गौरिशंकर पराजुलीले बताउनुभयो ।
पशुपति क्षेत्र विकास कोषले प्रकाशन गरेका शिव महापुराण लगायत अन्य विभिन्न प्रकाशनलाई पनि बिक्री गरिएको उहाँले जानकारी दिनुभयो ।
पशुपतिनाथ मन्दिरका मुलभट्ट, भट्ट, भण्डारीहरू र कर्मचारीहरूलाई कोषमा जम्मा भएको रकमबाटै तलव तथा सेवा सुविधा दिइने गरिएको कोषले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्