१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सिन्धुलीमा ९१९ जना म्यादी प्रहरी छनोट


1.001k
Shares

सिन्धुली । सिन्धुलीमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरक्षाका लागि ९ सय १९ जना म्यादी प्रहरी छानिएका छन् ।

एक महिना १० दिनको कार्यावधि तोकेर प्रहरी प्रधान कार्यालयले गत भदौ ३० गतेदेखि असोज ६ सम्म आवेदन खोल्दा कुल १ हजार ८ ले सिन्धुलीमा भर्नाका लागि १८ सयले आवेदन दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयले मागेको भन्दा आवेदन दिनेको संख्या बढी भएकाले छनौटबाट ८ सय ८१ जना बाहिरिएका जनाइएको छ ।

सिन्धुलीमा छनौट भएका म्यादीलाई असोज ३० गतेदेखि कात्तिक ८ सम्म प्रहरीबाट निर्वाचन सुरक्षा तालिम दिएर कात्तिक ९ गतेदेखि फिल्डमा खटाइने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीले बताउनुभयो ।

म्यादी प्रहरीहरुलाई मतदान स्थलमा खटाउने गरी सुरक्षा कार्ययोजना बनाइएको बताइएको छ भने उनीहरुले ४० दिनको तलब, भत्ता, रासन, पोसाकबापत एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ पाउने भएका हुन् ।