
बर्दिया । बर्दियाको राजापुर, गुलरिया, मधुवन लगायतका क्षेत्रमा काटेर खेतमै सुकाएको धान बर्षाले डुवानमा परेको छ ।
बर्षाका कारण क्षति भएको धानबालीको लगत लिन थालेको एकीकृत कृषि तथा पशुपक्षी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गुलरिया, मधुवन र बारबर्दियामा प्रारम्भिक लगतअनुसार ४ सय ९४ विगाह क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ ।
बर्दियामा ३ सय ९ विगाहमा लगाइएको धानबाली पूर्ण क्षति भएको छ भने १ सय ८५ विगामा लगाएको धानमा आंशिक क्षति पुगेको छ । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको क्षतिको पूर्ण विवरण भने आइनसकेको कषि तथा पशुपन्छी कार्यालयले बताएको छ ।
गत वर्ष धान काट्दै गर्दा बाढी आएर बगाएको थियो भने यस वर्ष पाकेको धानबाली ढालेको र हिलोले पुरेको कृषकको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्