
तस्बिर फाइल
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको अस्पतालले जनाएको छ ।
किष्ट अस्पतालले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उहाँलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेकाले औषधि चलाए पनि काम नगरेकाले उहाँको अवस्थामा सुधार नभएको उल्लेख छ ।
शुक्रबारदेखि एल्बुमिन रिप्लेसमेन्ट गर्न उहाँलाई औषधि चलाइएको अस्पतालले जनाएको छ । निमोनिया र मुटुरोगसँगै पछिल्लो समय डेंगु संक्रमण देखिएपछि जोशी २२ दिनदेखि उपचारत हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्