
एजेन्सी । कम्बोडियामा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ८ बालबालिकाको मृत्यु भएको छ ।
कम्बोडियाको दक्षिणपूर्वी कान्डल प्रान्तको मेकोङ नदीमा डुंगा दुर्घटना भएको हो ।
घटनामा ३ बालबालिका बेपत्ता भएका छन् । स्थानीय विद्यालयको विद्यार्थी बोकेको डुंगा दुर्घटना भएको बताइएको छ । डुंगा क्षमताभन्दा बढी व्यक्ति सवार भएका कारण दुर्घटना भएको कम्बोडियाका अधिकारीहरुले जनाएका छन् ।
मृत्यु हुने बालबालिकाको उमेर १२ देखि १५ वर्षका रहेको बुझिएको छ । डुंगा चालक र दुई विद्यार्थीको भने उद्धार गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्