१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘बाह्य क्षेत्रमा परेको नकारात्मक प्रभाव नै अर्थतन्त्रको मुख्य चुनौती’


650
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर डा. निलम ढुङगाना तिमिल्सिनाले बाह्य क्षेत्रमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौती रहेको बताउनुभएको छ ।

एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान)ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा डा. तिमिल्सिनाले अमेरिकी डलरको मागमा भएको वृद्धिका कारण अन्य मुद्रासहित नेपाली मुद्राकोसमेत अवमूल्यान भएरको बताउनुभयो ।

उहाँले डलरको मूल्य बढेको कारण नेपालमा आउने रेमिटान्स बढेपनि अन्य क्षेत्रमा नकारामत्क प्रभाव परेको जानकारी दिनुभयो । उहाँले आन्तरिक उत्पादनको वृद्धि गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गरी अर्थतन्त्रलाई सही दिशामा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

महालेखा परीक्षक टंकमणी शर्मा दंगालले नेपालको अर्थतन्त्र अण्डर भ्याल्युभएको बताउनुभयो । उहाँले नेपालको जिडिपी जति हो त्यो सबै एकाउन्टमा नआएको बताउनु भयो ।

शर्माले सरकारले अहिलेसम्म गरेको लगानी बालुवामा पानी हालेको जस्तै भएको दाबी गर्नुभयो ।