
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगमाथि लाञ्छना लगाएर आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई बिथोल्ने प्रयास नगर्न चेतावनी दिनुभएको छ ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले निर्वाचन कानून अनुसार आफ्नो कार्य सम्पादन गर्दा पनि प्रेस स्वतन्त्रताबिरोधी गतिविधि ग¥यो भनेर केही निकायले भन्ने गरेको उल्लेख गर्दै त्यस्तो दुष्प्रयास नगर्न सचेतसमेत गराउनुभयो । शुक्रबार आयोग कार्यालयमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले प्रेस काउन्सिल नेपाललाई पनि आयोगमाथि अझ बढी निगरानी राख्न गम्भिर बन्न पटकपटक आग्रह गर्नुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगले निर्वाचन कानून र संवैधानिक मूल्य मान्यता बमोजिम निर्वाचनको कार्य सम्पादन गर्नका लागि विभिन्न निकायहहरुलाई निर्देशन दिनसक्ने व्यवस्था रहेको पनि स्मरण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्