८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सिन्धुलीमा ईडिभी भर्ने युवायुवतीको भीड


793
Shares

सिन्धुली । सिन्धुलीमा तिहारको आगमनसँगै सिन्धुलीमाडीमा इडिभी भर्ने केन्द्रहरुमा आवेदन दिने बेरोजगार युवायुवतीहरुको भीड लागेको छ ।

अमेरिकाले सन् २०२४ का लागि इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडिभी) कार्यक्रमको आवेदन खुला गरेसँगै सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी लगायतका विभिन्न स्थानमा आवेदन दिनेको भीड लागेको हो । बेरोजगार युवायुवतीहरु चिठ्ठा परेर स्थायी बसोबासका लागि अमेरिका जाने दौडमा ईडिभी भर्न तम्सिएका स्थानीय कृष्ण गौतमले बताउनुभयाे । बेरोजगार युवायुवतीहरु अमेरिका जान आवेदन भर्न उत्साहसहित भएर नागरिकहरु पैसा खर्च गरेर घण्टौं कुरेर आवदेन दिइरहेका छन् ।

विगतका वर्षमा ईडिभी चिठ्ठा परेका केन्द्रमा हाल आवेदन दिनेको भीड लागेकाे छ । फोटो स्टुडियोदेखि साइबर सञ्चालकले समेत ईडिभीको प्रचार गर्दै शुल्कसहित डिभीका लागि आवेदन भराइरहेका छन् । यहि १९ असोज २०७९ मा खुलेको डिभीको आवेदन २२ कात्तिक (अक्टोबर ५ देखि ८ नोभेम्बर) सम्म भर्न पाइन्छ । विभिन्न मुलुकबाट दिइने यस्तो आवेदकहरु मध्येबाट प्रत्येक वर्ष अमेरिकाले निश्चित व्यक्तिलाई चिठ्ठामार्फत आफ्नो मुलुकमा स्थायी प्रवेशको अनुमति दिइरहेको छ ।

अमेरिकामा सुन्दर भविष्य खोज्ने सपना पछ्याउदै यो वर्ष पनि आवेदन खुलेकै दिनदेखि सिन्धुलीका बेरोजगार युवायुवतीहरु डिभी भर्ने केन्द्रहरुमा लाइन लागेका छन् । नेपालस्थित अमेरिकी दूतावासले डिभीकाे विषयमा एक सार्वजनिक सूचना जारी गर्दै डिभीकाे आवेदन निःशुल्क रहेको जनाएको छ ।