१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ललितपुरमा मोटरसाइकल दुर्घटनामा हुँदा चालकको मृत्यु


767
Shares

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुमा आज बिहान २ बजे मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

ईमाडोलबाट लुभुतर्फ जाँदै गरेको बा ९३ प ८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सर्लाही घर भएका २६ वर्षीय मोहनबाबु खत्रीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका खत्रीको उपचारका क्रममा किष्ट अस्पताल ईमाडोलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल अनियन्त्रित भइ घरको भित्तामा ठोक्किएको प्रहरी प्रभाग लुभु ललितपुरले जनाएको छ ।