
कपिलवस्तु । कपिलवस्तुमा चुनावको प्रचारप्रसार सुरू भएको छ । नेताहरूले अहिले घरदैलो कार्यक्रम सुरू गरेका हुन् ।
कपिलवस्तुमा सत्ता गठबन्धनबाट निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल चुनावी मैदानमा उत्रिनुभएकाे हाे । माओवादीका सचिव समेत रहनुभएका खनाल बलियो उम्मेदवारमा मानिनुहुन्छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहकार तथा जनसेनाका ४ जना डेपुटी कमाण्डरकाे रुपमा खनाल परिचित हुनुहुन्छ । खनालले २०७४ सालको निर्वाचनामा नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्यायलाई पराजित गर्दै निर्वाचित खनाल कृषि मन्त्री समेत हुनुभएकाे थियाे ।

त्यसपछि २०७४ सालको निर्वाचनमा कपिलवस्तुको क्षेत्र नम्बर १ बाट कांग्रेसका नेता उपाध्यायसँग ९ सय ४६ मतान्तरले निर्वाचित भएपछि भने खनाल मन्त्री नै बन्नुभएकाे थियाे । २०७४ चैत २ गते दोस्रो पटक विस्तारित केपी शर्मा ओली नेतृत्वको सरकारले बलदेवलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा नियुक्त गरेको थियाे ।
खनाल कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीको रुपमा ४ महिना १६ दिन र कृषि तथा पशुपंक्षी विकास मन्त्रीको रुपमा २० महिना ४ दिनसम्म रहेर काम गर्नुभएकाे थियाे । खनालसँग एमालेका बलराम अधिकारी प्रतिस्पर्धामा रहेका छन् । पूर्व एमालेको जिल्ला अध्यक्ष समेत रहेका अधिकारी २०७० निर्वाचनमा यहि क्षेत्रबाट निर्वाचित हुनुभएकाे थियाे । उहाँलाई जसपाले पनि सहयोग गर्ने भएकाले जितको दावी गर्दै आउनुभएकाे छ ।
क्षेत्र नम्बार २ मा नेपाली कांग्रेसबाट सुरेन्द्र राज अचार्य र एमालेका वृजेशकुमार गुप्ताबीच प्रतिस्पर्धा हुने देखिएको छ । पूर्व कृषि राज्य मन्त्री समेत रहेका आचार्य कपिलवस्तुका प्रभावशाली नेता हुुनुहुन्छ । जिल्ला सभापति भएर दुई कार्यकाल काम गरेका आचार्य जिताउन जिल्लाका सबै नेताहरु लाग्ने बुझिएको छ ।
उहाँ कांग्रेका लुम्बिनी प्रदेश महामन्त्री हुनुहुन्छ । एमालेका गुप्ता गत निर्वाचनमा सुर्य चिन्हबाट स्वतन्त्र उम्मेदवार भइ जित्नुभएकाे थियाे । एमाले अध्यक्ष ओली उहाँलाई स्थानीय तहको निर्वाचन अघि एमालेका प्रवेश गराउनुभएकाे हाे । मधेशका अब्ब्ल नेताको रुपमा परिचित गुप्ता अहिले गाउँगाउँमा चुनावी अभियानमा हिड्नु भएकाे छ ।
यता क्षेत्र नम्बर ३ मा गठबन्धनबाट अभिषेकप्रताप साह चुनावी मैदानमा उत्रिनुभएकाे छ । कांग्रेस नेता साह ३ पटकसम्म सासद भइसकेका छन् । कृष्णनगर निवासी साह यहाँको बलियो उम्मेदवारको रुपमा देखिनुभएकाे छ । अन्य उम्मेदवारले उहाँसँगै प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । साहले पराजित गरेका मंगलप्रसाद गुप्ता जसपाबाट अहिले एमालेबाट उम्मेदवार बन्नुभएकाे छ । गुप्ता पटकपटक निर्वाचनमा उम्मेदवार बनेपनि जित्न भने सक्नुभएकाे छैन् ।
२०७४ को निर्वाचनमा गुप्ता भन्दा करिब ५ हजार मतले साहले जित हात पार्नुभएकाे थियाे । ७० वर्ष हुनुभएका गुप्तालाई जिताउन एमालेकाे पूरै शक्ति लाग्ने बुझिएको छ । त्यस्तै यहि क्षेत्रमा जनता प्रगतिशील पार्टीका महासचिव ईश्वर दयाल मिश्र उम्मेदवार बन्नुभएकाे छ । गत निर्वाचनमा सुर्य चिन्हबाट स्वतन्त्र समूह भन्दै उम्मेदवार बन्नुभएका मिश्र तेस्रो स्थानमा आउनुभएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्