२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

दुर्घटना राेक्न ट्राफिक प्रहरीकाे सक्रियता


637
Shares

मकवानपुर । बढ्दो सवारी तथा सडक दुर्घटना न्यूनीकरणका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले अभियान सुरु गर्ने भएको छ ।

मकवानपुरको रातोमाटेदेखि बाराको पथलैयासम्मको सडक खण्डमा हुने अत्यधिक सवारी दुर्घटनामा मानवीय क्षति कसरी रोक्न सकिन्छ भन्नेबारे ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले छलफल गरेको हो ।

कार्यक्रममा सरोकारवालासँग ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले रातोमाटे—पथलैया सडक खण्डमा तत्काल दुर्घटनामा कमी ल्याउन गर्नुपर्र्ने कामबारे जानकारी गराएको थियो । सोही कार्यक्रमममा विभिन्न सरोकारवालाहरुले परिणाम देखिनेगरी काम गर्ने जनाएका छन् ।

सडक विभाग कार्यालय हेटौडाका प्रमुख राजेशकुमार यादव, यातायात व्यवस्था कार्यालय प्रमुख उमेश रेग्मी, इलाका प्रशासन प्रमुख, तराई यातायातका महासचिव जिबन श्रेष्ठ लगायतले सो सडकखण्ड भौगालिक रुपमै जोखिमयुक्त रहेकाले दुर्घटना न्यूनिकरणका लागि सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

केही दिनअघि सो सडक खण्डको तीन नम्बर पुलमा बस दुर्घटना हुँदा २० जनाको ज्यान गएको थियो भने एक दर्जन बढी घाइते भएका थिए ।