२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


डडेल्धुरा: वीपी कांग्रेस र नेकपा एसबीच सम्झौता


1.014k
Shares

डडेल्धुरा । मंसिर ४ गते हुने आमनिर्वाचनका लागि डडेल्धुरामा नेपाली कांग्रेस वीपी र नेकपा एकीकृत समाजवादी पार्टी (एस) बीच सहकार्य हुने भएको छ ।

३१ वर्षसम्म डडेल्धुराका जनताले दिएको अभिमतको वर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अपमान गरेको भन्दै कांग्रेसबाट कारबाहीमा परेका निवर्तमान प्रदेश सभाषद कर्ण मल्ल र सत्ता गठबन्धन पार्टीलाई त्याग गरी स्वतन्त्र उम्मेदवारी दिनुभएका एसका नेता डा. ताराप्रसाद जोशीबीच शनिबार सम्झौता भएको हो ।

अभिमतको मूल्य र मान्यताको प्रत्याभूति जनतामा दिलाउन नसकेको र विकासका काममा पनि प्रतिफल दिन नसकेको भन्दै आम मतदातामा लोकतान्त्रिक चेतना अभिवृद्धि गर्न चुनावी तालमेलको आवश्यकता रहेको भिजन डडेल्धुराका अभियन्ता डा. जोशीले बताउनुभयाे । २०७४ सालमा प्रदेश निर्वाचन क्षेत्रमा प्रतिस्पर्धी रहेर उपविजेता रहनुभएका जोशीलाई साथ लिएर आमनिर्वाचनमा होमिनुभएका जोशी प्रदेश निर्वाचन क्षेत्र (ख) मा लालटिन चुनाव चिन्ह र प्रतिनिधि सभामा मल्ल करुवा चुनाव चिन्हमा भद्र राजनीतिक सहमति पत्रमा हस्ताक्षर गर्दै प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा कम्मर कसेर होमिएका छन् ।

निर्वाचनमा विभिन्न हतकण्डा अपनाएर विजयी हुने र निर्वाचित भएर मतदात तथा जनतासँग साक्षात्कार गर्न कहिल्यै पनि नआउने जनप्रतिनिधि लोकतान्त्रिक हुन नसक्ने नेता जोशीकाे तर्क छ । उहाँले पार्टीभित्रको उकुसमुकुस, अन्यायलाई चिर्दै जनतालाई पुर्नजागृत गर्न र निरंकुश प्रवृतिकाविरुद्ध आफूहरुको सशक्त उम्मेदवारी रहेको बताउनुभएकाे छ। एउटै गाउँपालिकाको एउटै वडाका सहपाठी यि दुवै जना उम्मेदवारले २०७४ को प्रदेश निर्वाचन क्षेत्रमा प्रतिस्पर्धी रहेपनि समयको माग अनुसार अहिले एउटै मञ्चमा उभिन पाउँदा आफूहरु उत्साहित भएको बताएका छन् ।