१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कात्तिक ११ देखि नेपाल युरोपियन युनियन चलचित्र महोत्सव सुरु हुने


78
Shares

काठमाडौं । नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११ औं संस्करण आउँदो कात्तिक ११ देखि १५ गतेसम्म हुने भएको छ ।

नेपालका लागि युरोपेली युनियनको डेलिगेसनको कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै यो संस्करण काठमाडौंसँगै काठमाडौं बाहिर पनि आयोजना हुने जनाएको हो ।

महोत्सवमा १३ युरोपेली र ३ नेपाली चलचित्र प्रदर्शन हुने आयोजकले जनाएको छ । प्रत्यक्ष र अनलाइन गरी हाइब्रिड मोडलमा चल्ने महोत्सव भौतिक रुपमा चलचित्र विकास बोर्डमा हुनेछ भने अक्टोबर २८ देखि नोभेम्बर २८ सम्म अनलाइन चल्नेछ ।

सुर्खेतमा हुने महोत्सव कार्तिक १९ देखि २२ गतेसम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना गरिने छ । सुर्खेतमा ५ युरोपियन तथा ३ नेपाली चलचित्र प्रदर्शित गरिने छन् ।

महोत्सवमा भर्खरै प्रदर्शन भएर चौतर्फी प्रशंसा कमाएको ‘ऐना झ्यालको पुतली’ पनि प्रदर्शन हुनेछ ।

यो कार्यक्रम युरोपमा फिल्म निर्माणको अवस्था र युरोपेली र नेपाली चलचित्र क्षेत्रमा काम गर्ने व्यक्तिहरू बीच सहयोग र सहकार्य सम्बन्धी हुनेछ ।

सुर्खेतमा चलचित्रकर्मी सुजित बिडारीले कात्तिक २२ गते कर्णाली प्रदेशका चलचित्रका विद्यार्थी तथा चलचित्रकर्मीहरुलाई लागि मास्टरक्लास दिनेछन् ।