१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नवौं राष्ट्रिय खेलकुद : एथ्लेटिक्सतर्फ राष्ट्रिय किर्तीमान


377
Shares

नवौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्सतर्फ दोस्रो दिन आज दुई वटा नयाँ राष्ट्रिय किर्तीमान बनेका छन् । पुरुष १० हजार मिटर दौडमा नेपाली सेनाका दिपक अधिकारी तथा महिला ४ सय मिटर हर्डल्स रेसमा सेनाकै जयरानी थारुले नयाँ किर्तीमान बनाएका हुन् ।

पोखरा रंगशालामा जारी एथ्लेटिक्सको १० हजार मिटरतर्फ आर्मीका दिपक अधिकारीले ३० मिनेट १० दशमलव ३० सेकेण्डमा दुरी पार गरे । यो स्पर्धामा एपिएफका गोपी चन्द्र पार्की ३० मिनेट ३८ दशमलव ३२ सेकेण्डको समय निकाल्दै दोस्रो हुँदा आर्मी क्लबकका गजेन्द्र राई ३० मिनेट ४९ दशमलव ५० सेकेण्डको समयसहित तेस्रो भए ।

एथ्लेटिक्सकै महिला ४ सय मिटर हर्डल्स रेसमा सेनाकी जयरानी थारुले १ मिनेट ४ दशमलव १३ सेकेण्डको समयसहित नयाँ किर्तीमान बनाइन् । एपिएफकी भागरती कुमारी थारु दोस्रो हुँदा एपिएफकै कल्पना श्रेष्ठ तेस्रो भइन् । यसैगरी पुरुष हाइजम्पमा आर्मी क्लबका सुर्य बहादुर खत्री १ दशमलव ९० मिटर नाघ्दै पहिलो भए ।

१ दशमलव ७५ मिटर नाघेका बागमती प्रदेशका निकेश महतो दोस्रो हुँदा समान उचाइ नाघेका पुलिस क्लबका रोशन दनुवार तेस्रो भए । हाइजम्पकै महिलातर्फ आर्मी क्लबकी खगिता सिंजाली मगर १ दशमलव ५२ मिटर उचाइ नाघ्दै पहिलो भइन् । यो स्पर्धामा आर्मीकै बिन्दु थनेत दोस्रो हुँदा गण्डकी प्रदेशकी सिमा श्रेष्ठ तेस्रो भइन् ।