२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली जनावर रोक्न विद्युतीय तारबार


91
Shares

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावरलाई बस्ती पस्नबाट रोक्नका लागि विद्युतीय तारबार राखिएको छ ।

बर्दघाट-सुस्तापूर्वको मध्यविन्दु–३ मा विद्युतीय तारबार राखिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने ब्रम्हस्थानमा गैंडा, बँदेललगायतका जङ्गली जनावरले पछिल्लो समय स्थानीयलाई दुःख दिन थालेका थिए । गाउँको पूर्वी सिमानामा विद्युतीय तारबार राखिएको मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले बताउनुभयो ।

यस क्षेत्रका स्थानीयले जङ्गली जनावरका कारण धेरै दुःख पाएको गुनासो गर्दै आएका छन् । नारायणी तरेर जङ्गली जनावर गाउँ छिर्दा धनजनको क्षतिसमेत हुने गरेको थियो । गाउँको सिमानामा जडान गरिएको विद्युतीय तारबाट वन्यजन्तुलाई कुनै क्षति नपुग्ने निकुञ्जले जनाएको छ ।

निकुञ्जका अनुसार तारमा छोइएको अवस्थामा करेन्ट नलाग्ने तर तारले जताबाट आएको हो उतै झड्का दिएर धकेल्ने काम गर्छ । एक हप्ता अगाडिमात्रै दिउँसै एक गैंडा गाउँमा पस्दा सबैको भागाभाग भएको थियो ।