१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


खाद्य वस्तु आयातमा प्रतिबन्ध लगाउन विज्ञको सुझाव


1.261k
Shares

काठमाडौं । नेपालको खाद्य प्रणालीमा सुधार र खाद्य संप्रभुताका लागि विदेशबाट आयात हुने कृषि जन्य वस्तु प्रतिवन्ध गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरुले बताएका छन् ।

पछिल्लो समय विश्वमा नै वातावरणीय प्रभाव तथा अन्य कारणले खाद्य वस्तु उत्पादनमा कमी हुँदै गएको भन्दै विज्ञहरुले विदेशबाट आयात हुने कृषिजन्य वस्तु प्रतिवन्ध गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो ।

४२ औं विश्व खाद्य दिवसको अवसरमा अखिल नेपाल किसान महासंघले गरेकोे खाद्य प्रणाली सम्बन्धी छलफलमा कृषि विभागका उपहानिर्देशक डा. हरिबहादुर केसीले नेपालको कृषि क्षेत्रमा अनुसन्धान, जनशक्ति र लगानीको नै कमी रहेको बताउनुभयो ।

उहाँले नेपाली किसानले उत्पादन गरेका वस्तुलाई बजारमा प्राथमिकता दिएर विदेशबाट आयात भएका कृषिजन्य वस्तुलाई प्रतिवन्ध गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो १० वर्षमा किसानले पाउने बजार मूल्यमा परिर्वतन हुन नसक्दा कृषिजन्य वस्तुमा उत्पादक किसान र क्रेता–विक्रेताबीचको मूल्यमा धेरै अन्तर रहेको दाबी गर्नुभयो ।

यस्तै, महासंघका अध्यक्ष डा. प्रेम दंगालले खाद्य प्रणालीमा सुधार ल्याउन सरकारले खाद्य नियमावली ल्याएर राष्ट्रिय खाद्य संप्रभुता परिषद् बनाउनुपर्ने माग गर्नुभयो ।

त्यस्तै, मानव अधिकार एलान्सका महासचिव विदुर सुवेदीले नेपालमा कृषि शिक्षाको अभाव रहेको बताउनुभयो । उहाँले कृषि सम्बन्धि शिक्षा कमजोर हुँदै गएको अवस्थामा पनि कृषकहरु समेत विदेश जाने क्रम बढीरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।