
म्याग्दी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लबले सेमिफाइनलको यात्रा तय गरेको छ ।
आज (सोमबार) बिहान बेनीको खुल्ला मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशलाई पराजित गर्दै एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । एपिएफले ३–० को सोजो सेटमा जित निकालेको हो । एपिएफले २५–१८, २५–१५ र २५–१० मा खेल खेलेको थियो ।
साेमबार दिउँसो बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाल प्रहरी, आर्मी, गण्डकी प्रदेश र प्रदेश-१ काबीचमा क्वाटर फाइनलका खेलहरु हुने जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्