
रुपन्देही । रुपन्देही क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयले गठबन्धन दलका उम्मेदवार राजु गुरुङको उम्मेदवारी कायम राखेको छ ।
कार्यालयले सर्वोच्च अदालतको आदेशपछि उम्मेदवारी तत्कालका लागि कायम गरेको हो । यसअघि असोज २५ गते गुरुङको उम्मेदवारी खारेज गरेको थियो । निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र न. २ का निर्वाचन अधिकृत उदवीर नेपालीले सूचना जारी गरेर गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगरिएको उल्लेख गर्नुभएको छ ।
नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार भएका गुरुङले उम्मेदवारी खारेज विरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण समेतको रिट निवेदन दर्ता गराउनुभएको थियो ।
न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले आइतबार गुरुङको उम्मेदवारी खारेज गर्ने मुख्य निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चले अन्तरिम आदेशका निरन्तर हुने वा नहुने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई कात्तिक २ गते बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस्