२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सर्लाहीमा कुमाले समुदाय पाला बनाउन व्यस्त


312
Shares

सर्लाही । तिहारको चहलपहल शुरु भएसँगै कुमाले समुदाय पाला बनाउन व्यस्त भएका छन् ।

तिहारको समयमा प्रयोग हुने माटोको दियो र पाला बनाउन अहिले गाँउगाँउमा कुमाले समुदाय व्यस्त भएका हुन् ।

यसरी बनाएको दियो र पालाहरु साप्ताहिक हाट बजारमा लगेर बेच्ने गरिन्छ ।

माटोका पाला, खुत्रुके, अम्बरा, धुपौरो, गमला, सुराई, कलिन्चाजस्ता सामानको माटोका भाँडा बनाउने गरेका कुमाले पछिलो समय बजारमा आउने गरेका विद्युतीय बत्तीले गर्दा माटोका सामाग्रीको व्यापार घटेको बताउँछन् ।

साथै पछिलो समय यस व्यवसायमा नँया पिढीले पेसा नअंगाल्दा परम्परा नै हराउने चिन्ताले समेत उनीहरुलाई सताएको छ ।