२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


बाराही घाटमा ‘फोन-पे’


312
Shares

काठमाडौं । ई-सेवाले पोखराको फेवातालस्थित बाराही घाटमा फोन-पे क्युआर कोड भुक्तानी सेवा सञ्चालन गरेको छ ।

फेवातालमा डुङ्गा चढे वापतको भुक्तानी अब फोन क्युआर कोडमार्फत गर्न सकिने व्यवस्थाको औपचारिक शुभारम्भ गरिएको हो ।

कार्यक्रममा बोटिङ्ग प्रतिस्पर्धा गराएर उत्कृष्टहरुलाई पुरस्कृत पनि गरिएको थियो ।