२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


डडेल्धुरामा गुट-उपगुटका कारण एमाले उम्मेदवार बिहीन


130
Shares

डडेल्धुरा । डडेल्धुरामा नेकपा एमाले आन्तरिक गुट-उपगुटका कारण कमजोर बन्दै गएको छ ।

एमालेका नेताहरुले उम्मेदवारीमै सहमति जुटाउन नसकेपछि प्रतिनिधिसभा चुनावमा उम्मेदवारबिहीन भएकाे हाे । समयमै उचित निर्णय र निर्देशन दिएर मैदानमा खटाउनुपर्ने बेलामा अभिभावकबिहीन भएर चुनावमा होमिनु पर्ने बाध्यता नेकपा एमाले डडेल्धुराको रहेकाे छ ।

विगत ३ दशकदेखि डडेल्धुरामा नेपाली कांग्रेस बाहेक अन्य पार्टीको नेतृत्व स्थापित हुन सकेको छैन् । २०४८ सालमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा एमालेले दुर्गा माध्यमिक विद्यालय आलितालका प्रधानाध्यापक तथा निवर्तमान कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द कलौनी, २०५१मा तत्कालिन नेपाल जनवादी मोर्चा पार्टीका उपाध्यक्ष खेमराज भट्ट मायालु र २०५६मा पूर्वप्रशासक बागेश्वरी दत्त चटौतलाई अघि सारेपनि एमालेले दोश्रो भएर चित्त बुझाउनु परेको थियो ।

त्यस्तै २०६२/०६३ को जनआन्दोलन पछि पार्टीभित्रै सशक्त र उदायमान स्थानीय नेतालाई अवसर दिदै २०६४ को संविधानसभा निर्वाचनमा पनि नेकपा एमालेले तत्कालिन जिल्ला अध्यक्ष विक्रम शाहीलाई र २०७० को दोश्रो संविधानसभा निर्वाचनमा पनि तत्कालिन जिल्ला अध्यक्ष डा. ताराप्रसाद जोशीलाई उम्मेदवारी दिएपनि आन्तरिक गुट-उपगुटका कारण पार्टीले सफलता पाउन नसकेको जिल्लाका प्रभावशाली नेता बताउँछन् ।

हुन त जिल्लामा देउवाको उत्तराधिकारी भनेर ३ दशकसम्म नेतृत्व स्थापित हुन सकेन् । यसैबीचमा सातौं पटक चुनावी मैदानमा रहेका देउवालाई परास्त गर्ने पर्याप्त आधार हुँदाहुँदै पनि जिल्लामा सशक्त बाम नेतृत्व उम्मेदवार नभएपछि साविक पार्टीका नेताहरु नै स्वतन्त्र उम्मेदवारी दिएपछि छिन्न-भिन्न भएका छन् ।

चुनावीका बेला जिल्लाको सर्वसम्मत निर्णयलाई केन्द्रको स्वार्थमा परिवर्तन गर्दा र अनिर्णित हुँदा पार्टीको आन्तरिक रणनीति कमजोर मात्र भएको छैन् । मताधिकार पनि वञ्चितिकरणमा परेको स्थानीय एमाले कार्यकर्ता दिपेन्द्र थापा बताउँछन्।

पछिल्लो समय नेपाली कांग्रेसबाट कारबाहीमा परेका हाल वीपी कांग्रेसका कर्ण मल्लले नेकपा एमालेलाई सघाउने भने पनि मल्लले स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेपछि एमाले बिच्कियो । यसले पनि एमालेको अवस्था कमजोर बनेको हो । समयमै उचित निर्णय र निर्देशन दिएर मैदानमा खटाउनुपर्ने बेलामा अभिभावकबिहीन भएर चुनावमा होमिनु पर्ने बाध्यता नेकपा एमाले डडेल्धुराको छ ।