२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


म्याराथनमा गण्डकीका अनिसलाई स्वर्ण


130
Shares

काठमाडौं । एथलेटिक्सतर्फ म्याराथन दौडमा गण्डकी प्रदेशका खेलाडी अनिस थापा मगरले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा मंगलबार भएको प्रतिस्पर्धामा अनिशले निर्धारित दूरी २ घण्टा २२ मिनेट ५४ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् ।

प्रतियोगितामा १८ जना सहभागी थिए । त्रिभुवन आर्मी क्लवका कृष्ण बस्नेतले रजत पदक जिते । उनले २ घण्टा २३ मिनेट १४ सेकेण्डमा पूरा गरे ।

सशस्त्र प्रहरी बल एपीएफका सन्तोसविक्रम बिष्टले कास्य पदक जिते । राष्ट्रिय खेलकुदको इतिहासमा म्याराथनमा गण्डकीले स्वर्ण पदक जितेको पहिलो रेकर्ड हो ।