
गृष्मा राजभण्डारी र सुमित्रा केसी
काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरको ठिमीमा प्रजापति समुदायलाई माटाको पाला बनाउन चटारो परेको छ । माटो चोखो हुने मान्यताले लक्ष्मी पुजामा यसैका पाला प्रयोग गर्ने भएकाले बजारमा माटोको पाललाको माग उच्च रहेको छ ।
भक्तपुरका ठिमीका विक्रम प्रजापति तिहार सुरु हुनुभन्दा करिब दुई महिना अघिदेखि नै माटोको पाला बनाउन व्यस्त हुनुहुन्छ । अरु समयमा माटोका अन्य सामग्री बनाउने उहाँ तिहारको समयमा प्राय पाला नै बनाउनुहुन्छ ।
पाँगो चिम्टाइलो कालो माटोबाट बन्ने पाला बनाउन केही झन्जटीले भएपनि बजारमा माग उच्च रहेको छ । बजारमा विद्युतीय सामग्रीहरु तथा मैनबत्तिको प्रयोग बढी भएपनि माटोको पालालाई चोखो मान्ने भएकाले हरेक परिवारले पाला किन्ने नै गर्दछन् । भक्तपुरका प्रजापति समुदायमा सिजनको बेलामा एक जनाले नै दुई हजार बढी पाला बनाउने गर्दछन् ।
अहिले बजारमा १० रुपैयाँको ३ वटा पाला पाइएपनि प्रजापति समुदायले दुई सय रुपैयाँको सयदेखि डेढ सय रुपैयाँसम्म पाला बेच्ने गरेको बताउनुहुन्छ ।
विभिन्न शुभ कार्यमा समेत प्रयोग हुने माटोको पालाको माग तिहारको समयमा धेरै हुने गरेको छ । पछिल्ला वर्षहरुमा माटोको पालामा मैन भरेर बाल्ने चलन पनि बढेको छ । तिहारमा पाला, भिउँट, ठेकी, धुपौरोलगायतका माटोका सामग्रीको माग उच्च हुने गरेको छ । भक्तपुर र थिमिमा बनाइएका पाला, काठमाडौं, कास्की, रुपन्देही, काभ्रे, दोलखालगायतका जिल्लामा खपत हुने गरेको व्यवसायी कान्छा प्रजापति बताउनुहुन्छ ।
चीनबाट प्लास्टिकका पाला र बत्तिहरु तथा भारतबाट माटोकै पाला लगायत भाडाँकुडा पनि आउँदा नेपालीले बजारमा केही जोखिम भने देखिएको छ । त्यस्तै, बेला बेलामा देखिने कच्चा पदार्थको अभावले गर्दा माटोको सामाग्री बनाउनेहरुलाई समस्या परिरहेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्