
काठमाडौं । रुपन्देहीका क्रियाशील राजनीतिक दलहरूले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रचारप्रसार, आमसभा र जुलुसमा अठार वर्ष उमेर पूरा नभएका बालबालिकालाई सहभागी नगराउने प्रतिवद्धता जनाएका छन् ।
मंगलबार बुटवलमा भएको कार्यक्रममा जिल्लामा क्रियाशील नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला, प्रदेश र केन्द्रीय तहका नेताहरूले चुनावलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनीहरूले चुनावमा उम्मेदवारको घोषणापत्र र एजेन्डाका आधारमा स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्न सहज वातावरण तयार गर्ने सामूहिक प्रतिवद्धता व्यक्त गरेका हुन् । आपसमा आरोप–प्रत्यारोप तथा मान, प्रतिष्ठामा आँच पुग्ने गतिविधि नगर्ने उनीहरूले बताए । उनीहरुले हस्ताक्षर गरेको सामूहिक प्रतिबद्धतामा राजनीतिक दल र उम्मेदवारले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेलाजस्ता कार्यक्रमलाई अर्को दलले बिथोल्ने वा बाधा–अवरोध नपु¥याउने उल्लेख गरिएको छ ।
निर्वाचन आचारसंहिता २०७९ को पूर्णपालना गर्ने प्रतिवद्धता पनि दलहरुले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्