१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यी बलिउड अभिनेत्री जसले सम्बन्धविच्छेद पछि गरेनन् दोस्रो विवाह


5.707k
Shares

एजेन्सी । मनोरञ्जनको क्षेत्रमा कलाकारहरूबीच सम्बन्ध बन्नु र छुटिनुलाई ठूलो कुराको रुपमा लिने गरिदैन । कहिलेकाहीँ कलाकारहरु प्रेममा पर्छन् र कुरा विवाहसम्म पनि पुग्छ । तर, उनीहरूको सम्बन्ध लामो समय टिक्दैन । यस्तो अवस्थामा धेरै सेलिब्रेटीहरू फेरि दोस्रो विवाह गर्ने गर्दछन् । यद्यपि अहिलेसम्म यस्ता धेरै स्टार छन् जसले दोस्रो गरेका छैनन् । बलिउड फिल्म उद्योगका यस्तै अभिनेत्री जसले सम्बन्धविच्छेद पछि पनि दोस्रो विवाह गरेनन् ।

अमृता सिंह

बलिउड अभिनेत्री अमृता सिंहले फिल्म बेताबबाट चर्चा पाएकी थिइन् । यो फिल्मपछि उनी निकै चर्चित भइन् र उनले एकाएक गर्दै थुप्रै फिल्महरू पाइन् । अमृताले आफूभन्दा १२ वर्ष कान्छा सैफ अली खानसँग प्रेम विवाह गरिन् । अमृता र सैफ विवाहको १३ वर्षपछि अलग भए । सैफले करीना कपूरसँग दोस्रो विवाह गरे तर, अमृताले आजसम्म अर्को विवाह गरेकी छैनन् । अमृता र सैफको एक छोरा र एक छोरी छन् भने करिना तर्फ २ छोरा छन् ।

करिश्मा कपूर


कपूर परिवारकी छोरी अभिनेत्री करिश्मा कपूर ९० को दशककी शीर्ष अभिनेत्री हुन् । उनले आफ्नो करियरमा अहिलेसम्म धेरै सुपरहिट फिल्म दिएकी छन् । करिश्माले सन् २००३ मा उद्योगपति सञ्जय कपूरसँग विवाह गरेकी थिइन् । तर, विवाहको १३ वर्षपछि उनीहरूको सम्बन्धविच्छेद भयो । सञ्जयले दोस्रो विवाह गरे तर, करिश्माले अहिलेसम्म विवाह गरेकी छैनन् । उनीहरूको एक छोरी छिन् ।

मनिषा कोइराला

नेपालको राजनीतिक परिवारमा जन्मिएकी मनिषा कोइराला बलिउडको निकै चर्चित नाम हो । मनिषाको नाम ९० को दशककी सुन्दर अभिनेत्रीको सूचीमा परेको छ । आफ्नो फिल्मी करियरमा उनले उत्कृष्ट फिल्म दिएकी छन् । मनिषाले नेपाली व्यापारी सम्राट दाहालसँग विवाह गरेकी हुन् । तर, यो सम्बन्ध मात्र दुई वर्ष टिक्यो । सम्बन्धविच्छेदपछि मनिषाले अहिलेसम्म विवाह गरेकी छैनन् ।

पुजा भट्ट

अभिनेत्री पूजा भट्ट बलिउडको निकै चर्चित नाम हो । उनी अभिनयका अलावा निर्देशनमा पनि अब्बल छिन् । उनी बलिउडका चर्चित निर्देशक महेश भट्टकी छोरी हुन् । अभिनेत्रीले मनिष माखिजासँग विवाह गरेकी थिइन् । यस विवाहको ११ वर्षपछि उनीहरूको सम्बन्धविच्छेद भयो । भारतीय सञ्चार माध्यमका अनुसार यो सम्बन्ध टुटेपछि पूजा डिप्रेसनमा गएकी थिइन् र रक्सीको सहारा लिन थालेकी थिइन् । पूजाले हालसम्म दोस्रो विवाह गरेकी छैनन् ।